ट्रेण्डिङ

होमपेज / समाज

स्वास्थकर्मीसँगै आवश्यक स्वास्थ्य उपकरण भए होटललाई आइशोलेसन बनाउन सकिनेछ:हान

नेपालगाथा २०७८ बैशाख १९ गते आइतबार १६:३४:५१ मा प्रकाशित

काठमाडौं । होटल एशोसियसन आफ नेपाल(हान)ले  स्वास्थकर्मीसँगै आवश्यक स्वास्थ्य उपकरण भए होटललाई आइशोलेसन बनाउन सकिने बताएको छ । 

हानका उपाध्यक्ष विनायक शाहले कोरोना संक्रमण दर बढिरहेका बेला सरकारले सबै स्वास्थ्य उपकरण र मापदण्ड पूरा गरी होटललाई आइशोलेसन बनाउन सकिने बताएका हुन् ।‘मेडिकल टिमदेखि अक्सिजन, भेन्टिलेटरलगायत सबै सुविधा हुनु आवश्यक छ’, उनले भने, ‘खानाको मूल्यदेखि कर्मचारीको सुरक्षासम्मको ग्यारेन्टी भए होटललाई आइशोलेसन बनाउन समस्या छैन ।’

गत वर्षकै मूल्यमा अहिले विरामीलाई खाना खुवाउन नसकिने शाहले बताए । शाहका अनुसार होटललाई आइशोलेसन बनाउनका लागि आफूहरु तयार रहेको र अनौपचारिक रुपमा छलफल पनि भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top