ट्रेण्डिङ

होमपेज / समाज

संविधानसभा सदस्य चौधरीको निधन

नेपालगाथा २०७८ बैशाख १९ गते आइतबार १५:२६:४२ मा प्रकाशित

काठमाडौं । कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ ।   धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको  आज अपराह्न मृत्यु भएको हो ।

कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई  शनिबार अस्पताल भर्ना गरिएको थियो ।  कोरोना परीक्षण गराउँदा  रिपोर्ट पोजेटिभ आएको थियो । एक्कासि स्वास्थ्यमा देखिएको गम्भीर समस्याका कारण उहाँको  निधन भएको उहाँका  श्रीमान् मोतीलालले बताउनुभयो ।

कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा निवासी ४४ वर्षीया चौधरी नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट २०७० सालको संविधानसभा सदस्य हुनुहुन्थ्यो।रासस
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top