ट्रेण्डिङ

होमपेज / समाज

सवारी दुर्घटना हुँदा एकको मृत्यु

नेपालगाथा २०७८ बैशाख १८ गते शनिबार १७:००:२९ मा प्रकाशित

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–९ मा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा महागढीमाई नगरपालिका–४ का ३५ वर्षीय सञ्जयकुमार शुक्ला रहेका छन् । पूर्वपश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा ना३८प ९३५३ नंको मोटरसाइकल र बा८च २९५३ नंको कार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल शुक्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सामेन्द्रसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकलमा सवार नवलपरासीका ३३ वर्षीया ज्योति अर्याल घाइते भएकी छिन् । घाइते अर्यालको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top