ट्रेण्डिङ

होमपेज / समाज

मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते

नेपालगाथा २०७८ बैशाख १८ गते शनिबार १५:०१:५२ मा प्रकाशित

काठमाडौँ —बागलुङकोे बरेङ गाउँपालिका–१ मा आज  दिउँसो मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।  

धुल्लुबास्कोटदेखि बरेङ आउने क्रममा बरेङ–१ सिलामारी भन्ने ठाउँमा ध १ प ३६३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सर्वोदय माध्यमिक विद्यालयका २५ वर्षीय शिक्षक विष्णु पौडेल घाइते हुनुभएको बरेङबाट प्रकाश छन्त्यालले जानकारी दिनुभयो । 

घाइते पौडेलको बायाँ हातको बुडी औँला काटिएको र शरीरको भित्री भागमा चोट लागेको हुँन सक्ने भन्दै काठमाण्डौ पठाइएको हो । उहाँलाई थप उपचारका लागि प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top