ट्रेण्डिङ

होमपेज / समाज

निषेधाज्ञाले रोजगारी गुमेका परिवारलाई राहत र खाद्यान्नलगायत वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग

नेपालगाथा २०७८ बैशाख १८ गते शनिबार १४:१४:३२ मा प्रकाशित

काठमाडौं । कोभिड–१९ का कारण गरिएको निषेधाज्ञाले रोजगारी गुमेका परिवारलाई राहत र खाद्यान्नलगायत वैकल्पिक व्यवस्था गर्न सरकारसँग नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारसँग माग गरेका छन् ।

अध्यक्ष दाहालले शनिबार (आज) अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिदै नले राजनीतिक कायकर्ता र समाजसेवीहरुमा पनि खुला हृदयले रोजगार विहिन श्रमिकहरुका लागि सहयोगी हात बढाउन अपिल पनि गरेका छन् ।

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा श्रमिक वर्गको हित र अधिकारलाई प्रत्याभूति गरिएको हो । तर, श्रमजीवि वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिमाथि अहिले सरकारबाट नै निरन्तर प्रहार भइरहेको छ ।’

त्यस्तै उनले पश्चगामी र परिवर्तन विरोधी तत्वहरु श्रमजीवि जनताका अधिकार खोस्न उद्यत् देखिएकाले प्राप्त उपलब्धिको रक्षाका लागि एकताबद्ध भएर प्रतिबाद गर्नु अहिलेको आवश्यकता भएको औंल्याए।

प्रचण्डले  संविधानमा श्रमिक वर्गको हित र अधिकारलाई प्रत्याभूति गरिएको पनि श्रमजीवि वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमाथि अहिले सरकारबाट नै निरन्तर प्रहार भइरहेको आरोप पनि लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top