ट्रेण्डिङ

होमपेज / समाज

रुपन्देही सैनामैनाका एक कोरोना संक्रमित पुरुषले गरे आत्महत्या

नेपालगाथा २०७८ बैशाख १८ गते शनिबार १३:५८:०८ मा प्रकाशित

बुटवल ।रुपन्देही सैनामैनाका एक कोरोना संक्रमित पुरुषले आत्महत्या गरेका छन्। सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा रानिबगियाका ४० वर्षीय पुरुषले आज बिहान शौचालयमा आत्महत्या गरेका हुन्।

उनले विहान ४ बजे झुण्डिएर आत्महत्या गरेको बताइएको छ। उनी वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका थिए। उनको स्वास्थ्य अवस्था सामान्य थियो। उक्त अस्थायी अस्पतालमा हाल ९ जना संक्रमितले उपचार गराइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top