ट्रेण्डिङ

होमपेज / समाज

नेपालसँग कुटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको संख्या १६९ पुग्यो, अन्तिम डोमिनिका

नेपालगाथा २०७८ बैशाख १८ गते शनिबार ११:३४:५१ मा प्रकाशित

काठमाडौँ । डोमिनिका–नेपाल कुटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग कुटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको संख्या एक सय ६९ पुगेको छ । शुक्रबार संयुक्त राष्ट्रसंघका नेपाली राजदूत अमृत बहादुर राई र डोमिनिकाका न्यूयोर्कस्थित स्थायी मिसनका लागि राजदूत लोरेन रुथ बनानिसबीच दुई देशको विचमा कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

दुवै राजदूतले एक संयुक्त पत्रमार्फत संयुक्त राष्ट्रसंघका महासचिवलाई कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराएका छन् । दुई राजदूतको विचमा द्विपक्षीय सम्बन्धलाई कसरी विस्तार गर्ने र पारस्परिक हितका लागि काम गर्ने विषयमा समेत कुराकानी भएको न्यूयोर्कस्थित नेपाली मिसनले बताएको छ ।

नेपाल र डोमिनिका जी–७७ र असंलग्न आन्दोलनका सदस्य मुलुक हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top