ट्रेण्डिङ

होमपेज / समाज

पीपीई लगाएरै नेपाल-चीन सीमा सुरक्षा अधिकारीले मितेरी पुलमा गरे वार्ता

नेपालगाथा २०७८ बैशाख १७ गते शुक्रबार ११:५७:१७ मा प्रकाशित

काठमाडौं । नेपाल र चीनका सीमा सुरक्षा अधिकारीबीच कोभिड-१९ संक्रमणबाट बच्न पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) पोशाक लगाएरै मितेरी पुलमा छलफल भएको छ । रसुवागढी नाकामा रहेको मितेरी पुलमा प्रशासन र सुरक्षा प्रमुखबीच करिब डेढघण्टा छलफल भएको थियो ।

प्रत्येक दुई-दुई महिनामा हुने छलफलमा यसपटक सीमा क्षेत्रमा कोभिड संक्रमणको स्थिती र सुरक्षा मापदण्डबारे छलफल भएको जनाइएको छ । नेपाल प्रेससँग कुरा गर्दै रसुवाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकालले चिनियाँ पक्षले रसुवामा कोभिडको स्थिती, स्वास्थ्य मापदण्ड र आवश्यक सहयोगको बारेमा छलफल गरेका थिए ।

आवश्यक परे स्वास्थ्य सामाग्री र सहायता गर्न चीन तयार रहेको समेत उनीहरुले जिल्ला प्रशासन कार्यालयलाई भनेको प्रजिअ ढकालले जानकारी दिए । छलफलमा दुबै पक्षले सीमा नाकामा कोभिडको स्वास्थ्य मापदण्ड अपाउनेबारे समेत छलफल भएको थियो । ‘पीपीइ लगाएरै छलफल भएको थियो किनभने चिनियाँहरु कोभिडलाई लिएर संवेदनशिल छन्’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top