ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँमा निषेधाज्ञा उल्ङ्घन गर्ने १५ सयलाई होल्डमा राखियो

नेपालगाथा २०७८ बैशाख १७ गते शुक्रबार ११:२९:४२ मा प्रकाशित

काठमाडौँ । काठमाडौँमा निषेधाज्ञा उल्ङ्घन गरेको आरोपमा १५ सय जनालाई प्रहरीले होल्ड गरेको छ । विभिन्न स्थानमा बनाइएका होल्डिङ सेन्टरमा उनीहरुलाई होल्ड गरिएको हो । आजमात्रै सानाठूला ९१९ सवारी साधनसमेत होल्ड गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिए ।

होल्ड गरिएका सवारी साँझमात्रै प्रहरीले छाड्दै आएको छ । निषेधाज्ञाको पालना गराउन काठमाडौँमा मात्रै ४४ सयभन्दा बढी प्रहरी परिचालन गरिएको एसएसपी सिंहले बताएका छन् । उनका अनुसार एक ‘सिफ्ट’मा एक हजार ४६० प्रहरी परिचालन गरिन्छ । तीन ‘सिफ्ट’मा गरेर ४४ सय प्रहरी फिल्डमा खटिने गरेको उनले जनाएका छन्।

प्रहरीले निषेधाज्ञामा पास नभएकाहरुलाई समेत उनीहरुको कामको प्रकृती हेरेर सहजीकरण गरिरहेको एसएसपी सिंहको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top