ट्रेण्डिङ

होमपेज / समाज

कोरोनाबाट संक्रमित पूर्वरानी शाहको स्वास्थ्यमा सुधार आएन

प्लाज्मा थेरापीबाट उपचार थालियो

नेपालगाथा २०७८ बैशाख १७ गते शुक्रबार ११:११:४३ मा प्रकाशित

काठमाडौँ । कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार नदेखिएपछि प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको हो । उनमा श्वासप्रश्वासको समस्या साथै अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो । उनलाई अहिले पनि हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।

अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् । पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य भइसकेको छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन । उनीहरू तीनैजना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए । त्यसको केही दिनअघि उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top