ट्रेण्डिङ

होमपेज / समाज

नारायणी अस्पतालमा थप ३ कोरोना संक्रमितको मृत्यु

नेपालगाथा २०७८ बैशाख १७ गते शुक्रबार १०:०९:५८ मा प्रकाशित

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जका दुई जना महिला र बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका एक जना पुरुषको मृत्यु भएको हो । अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासका अनुसार वीरगञ्ज–१६ नगवा निवासी ४८ वर्षीया महिलाको शुक्रबार बिहान पौने २ बजे निधन भएको छ ।

वैशाख १२ गते उपचारका लागि ल्याइएकोमा उनको सोही दिन पीसीआर पोजेटिभ देखिएको थियो । उनमा कुनैपनि दीर्घ रोग नभएको चिकित्सकहरुले जनाएका छन् । यसैगरी वैशाख १४ गते भर्ना भएकी वीरगञ्ज– ३ बस्ने ४७ वर्षीया महिलाको पनि गएराति मृत्यु भएको छ । कडा कोभिड निमोनिया देखिएको उनमा श्वासप्रश्वास समस्या पनि रहेको थियो ।

उपचारको क्रममा बिहीबार राति ९:३५ मा उनको उपचारकै क्रममा मृत्यु भएको थियो । जीतपुर सिमरा–२४ बस्ने ७७ वर्षीय पुरुषको पनि गएराति ११:२५ मा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उनमा पहिल्यैदेखि टिबीको समस्या थियो । उनी वैशाख १० गते अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top