ट्रेण्डिङ

होमपेज / समाज

बाँकेमा १४ घण्टाभित्रै १० संक्रमितको गयो ज्यान

नेपालगाथा २०७८ बैशाख १६ गते बिहीबार १५:२४:०६ मा प्रकाशित

बाँके। कोरोना भाइरस संक्रमणबाट बाँकेमा पछिल्लो १४ घण्टामै १० जनाको ज्यान गएको छ । बुधबार राति ८ः५५ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म ८ जनाको मृत्यु भएको थियो । बिहीबार बिहान पुनः आधा घण्टाको फरकमा थप दुई जनाको मृत्यु भएसँगै पछिल्लो १४ घण्टामा कोरोना संक्रमणबाट बाँकेमा १० जनाको मृत्यु भएको हो ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा कैलालीको टीकापुर नगरपालिका–१ की ५२ वर्षीया महिला र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेको नेपालगञ्ज–८ का ३३ वर्षीय पुरुषको आधा घण्टाको फरकमा मृत्यु भएको हो ।

कैलालीकी ५१ वर्षीया महिलाको बिहीबार बिहान १० बजे भेरी अस्पतालमा मृत्यु भएको हो भने नेपालगञ्ज–८ का ३३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा बिहीबार बिहान १०ः३० बजे मृत्यु भएको ओलीले बताए । महिलामा वैशाख १४ गते गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको थियो । ३३ वर्षीय पुरुषको वैशाख १३ गते गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो भने त्यसको दुई उनलाई अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top