ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु

नेपालगाथा २०७८ बैशाख १६ गते बिहीबार १५:१७:२२ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । सुर्खेत र सल्यानका एक/एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । कालिकोटको नरहरिनाथ गाँउपालिका–९ का ७३ वर्षीय पुरुषको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

उनमा श्वासप्रश्वास प्रणालीमा अवरोधको समस्या भएपछि वैशाख ११ गते प्रदेश अस्पताल भर्ना गरिएको थियो । यस्तै, सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममै मृत्यु भएको हो । केही दिनअघि सल्यान अस्पतालमा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए ।

श्वासप्रश्वासमा समस्या भएपछि बुधबार बेलुका सवा ८ बजे उनलाई अस्पतालमा ल्याइएको र अक्सिजन दिँदादिँदै मृत्यु भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top