ट्रेण्डिङ

होमपेज / समाज

आधा घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु

नेपालगाथा २०७८ बैशाख १६ गते बिहीबार ०९:१७:०५ मा प्रकाशित

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पतालमा आधा घण्टाकाबीचमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। उपचारका लागि अस्पताल भर्ना भएका उनीहरुको आज बिहान मृत्यु भएको हो। प्रादेशिक अस्पतालले जानकारी दिएअनुसार बुटवल ११ का ३१ वर्षीय पुरुषको राती २:३० बजे मृत्यु भएको थियो भने २:४५ बजे बुटवल १४ का ६६ वर्षिय पुरुषको मृत्यु भएको थियो।

त्यसैगरी ३ बजे मायादेवी ६ का ७२ वर्षिया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए। उनीहरु २ जना ११ गते अस्पताल भर्ना भएका थिए भने बुटवल १४ का संक्रमित ९ गते अस्पताल भर्ना भएका थिए।आज मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या १८४ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top