होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको कालागाउँ प्रदेश अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको गएराति मृत्यु भएको छ। अस्पतालका फोकल पर्सन डाक्टर केएन पौडेलले दुई जनाको मृत्यु भएको पुष्टि गरे ।
उनका अनुसार भेरिगंगा नगरपालिका–४ का ६४ वर्षीय एक पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको निधन भएको हो । भेरिगंगाका बिरामी बैशाख ५ र वीरेन्द्रनगरका विरामी बैशाख ११ गतेदेखि सो अस्पतालमा उपचाररत थिए ।
दैलेखमा एकको मृत्यु
कोरोना संक्रमणपछि उपचाररत दैलेखको नारायण नगरपालिका–१ पुरानो बजार निवासी ७५ वर्षीय एक पुरुषको आज विहान निधन भएको छ । उनलाई हिजो मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । दैलेख कोरोना अस्पतानमा अक्सिजनसहित उपचार गराइए पनि उनको निधन भएको अस्पतालले जानकारी दिएको छ ।