ट्रेण्डिङ

होमपेज / समाज

खोप लगाएका दुई स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

नेपालगाथा २०७८ बैशाख १५ गते बुधबार ०८:३८:२६ मा प्रकाशित

गलकोट । कोरोनाविरुद्ध खोप लगाएका बागलुङका दुई स्वास्थ्यकर्मीलाई नै कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार बागलुङका १५ जनामा कोरोना पोजेटिभ देखिएकामा दुई स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोराना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

दुई महिला स्वास्थ्यकर्मीले दुई डोज कोरोना खोप लगाए पनि कोरोना सङ्क्रमण देखिएकाले थप सतर्कता रहन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । ‘खोप लगाएको भनेर ढुक्क हुने अवस्था छैन’, घिमिरेले भने, ‘जिल्लामा थप सचेतता अपनाउन जरुरी हुन्छ नत्र अवस्था चिन्ताजनक हुनेछ ।’ चौध जना पिसिआर र एक जना एन्टिजेन परीक्षणमा गर्दा १५ जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमित जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ८४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top