होमपेज / समाज
काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सरकारले भोलिदेखि १५ दिनसम्म निषेधाज्ञा लागू गरेपछि उपभोक्तालाई अत्यावश्यक सेवाको आपूर्ति सहज पार्न उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले उच्चस्तरीय र्यापिड रेस्पोन्स टिम निर्माण गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा निषेधाज्ञाको समयमा आपूर्ति प्रणाली सहन पार्न सरोकारवाला मन्त्रालयका अधिकारीहरु सम्मिलित टिम बनाएको जानकारी दिएको छ ।
मन्त्रालयले निषेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ, दैनिक उपभोग्य समाग्रीको ढुवानी र आपूर्ति तथा त्यस्ता वस्तुहरुको उत्पादन र वितरणमा केहि समस्या देखिए सम्बन्धित अधिकारीलाई सम्पर्क गर्न मोबाइल नम्बरसहित जिम्मेबार व्यक्ति तोकिदिएको छ ।
आपूर्ति व्यवस्थापनमा प्रेमकुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमनको सहजताका लागि जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामाग्रीको आपूर्तिको समस्या आएमा डाक्टर श्रीराम घिमिरे, उत्पादनशील उद्योगको हकमा नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा डाक्टर नारायणप्रसाद रेग्मीलाई जिम्मेबार व्यक्ति तोकिएको छ ।
.jpg)