ट्रेण्डिङ

होमपेज / समाज

स्वास्थ्यकर्मी र चिकित्सकलाई बिदा नदिने सरकारको निर्णय

नेपालगाथा २०७८ बैशाख १४ गते मंगलबार २०:३३:१३ मा प्रकाशित

काठमाडौं । सरकारले स्वास्थ्यकर्मी एवं चिकित्सकलाई लामो बिदा नदिने निर्णय गरेको छ । कोभिड-१९ को दोस्रो लहरको जोखिमको कारण अस्पतालमा सेवा लिन आउने बिरामीको प्रभावकारी उपचार व्यवस्थापनका लागि सरकारले यस्तो निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयको मंगलबार बसेको सचिवस्तरीय बैठकले लामो बिदामा बसेका कर्मचारीहरुलाई तुरुन्त कार्यालयमा हाजिर हुन पनि निर्देशन दिएको छ ।

कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था गर्ने निर्णय पनि भएको छ । अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यसका लागि ६ महिनाको करार सेवामा लिने व्यवस्था मिलाइनेछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top