ट्रेण्डिङ

होमपेज / समाज

बाँकेमा तीन कोरोना संक्रमितको मृत्यु

नेपालगाथा २०७८ बैशाख १४ गते मंगलबार १२:१३:२३ मा प्रकाशित

रूपन्देही । बाँकेमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा ३ जना बिरामीको मृत्यु भएको हो । ज्यान गुमाउनेहरुमा २ जना बाँकेका र एक जना जिल्ला बाहिरका हुन् । नेपालगंज, ३ का २६ बर्षिय पुरुषको सोमबार राति मृत्यु भएको छ । उनको नेपालगन्ज नर्सिङ होमको प्रि आइसोलेसनमा मृत्यु भएको हो । त्यस्तै कोहलपुर-१ की ६० बर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको छ ।

उनको भेरी अस्पतालमा मृत्यु भएको हो । दाङ तुलसिपुरबाट उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भर्ना भएका ७४ वर्षिया महिलाको पनि आजज बिहान मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिएका छन् । यससँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ भने बाँकेमा उपचारका क्रममा मृत्यु भएका बाँके बाहिरका मृतकको संख्या १०६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top