होमपेज / समाज
काठमाडौँ । काठमाडौँ उपत्यकामा १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवामा रोक लगाइएको छ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेश अनुसार सो अवधिमा खाद्यान्न सामाग्रीहरुका पसलरव्यवसाय बिहान १० बजेसम्म मात्रै खुल्ला गर्न पाइने छ । यस्तै बेलुका ५ बजेदेखि ७ बजेसम्म खाद्यान्न सामग्रीका पसलहरु खुला हुनेछन्।डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गरिने छ।खाद्य सामग्री, ग्रोसरी पसल, औषध पसलजस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा सरकारले तोकेको मापदण्ड पालना गर्नुपर्ने छ।
सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यालयले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न दिइने निर्णयमा उल्लेख छ।