होमपेज / समाज
काठमाडाैँ। कोरोना संक्रमण उच्च भएसँगै काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा लगाइने भएको छ ।
कोरोना संक्रमणको महामारी बढेसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो।‘कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि चेन ब्रेक गर्न निषेधाज्ञा जारी गर्ने निर्णयमा पुगेका हौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा कायम रहनेछ ।’
वैशाख १६ देखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन्। सार्वजनिक, निजी सवारीसाधन बन्द गरिने छ।