ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली प्रदेश अस्पताल कोरोना संक्रमितले भरियाे,अक्सिजनकाे अभाव

नेपालगाथा २०७८ बैशाख १३ गते सोमबार १५:१६:०९ मा प्रकाशित

१३ वैशाख, सुर्खेत । कोरोनाको दोस्रो लहर शुरु भएसँगै वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल मातहत रहेको कोभिड-१९ अस्पताल कोरोना संक्रमितले भरिएको छ ।

वैशाखयता कर्णाली प्रदेशमा ३५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य सेवा निर्देनालयका अनुसार पिसिआर परीक्षण गरिएकामध्ये अधिकांशमा कोरोना संक्रमण पुष्टि हुने गरेको छ।प्रदेश राजधानी वीरेन्द्रनगरमा संक्रमितको संख्या दिनहुँ तीव्र गतिमा बढ्दै गएको छ । तर, प्रदेश कोभिड अस्पतालले भने थप संक्रमितलाई भर्ना गर्न सकिने अवस्था नरहेको डा. पौडेलको भनाइ छ ।

संक्रमितको संख्या बढ्दै जाँदा कर्णाली प्रदेशका अस्पतालहरूमा अक्सिजन अभाव भएको छ। कर्णाली प्रदेश अस्पतालमा कोभिड-१९ का बिरामीका लागि २५ वटा आइसियू बेड छुट्याइएको छ।

तर, स्थानीय तहको तयारी भने कागजमै सीमित छ । कुनै तयारी थालेको पाइदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top