ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेतमा भोलिदेखि एक साता निषेधाज्ञा निषेधाज्ञा जारी

नेपालगाथा २०७८ बैशाख १३ गते सोमबार १२:३५:४५ मा प्रकाशित

सुर्खेत । कोरोना महामारी ह्वात्तै बढेपछि सुर्खेतमा एक साता निषेधाज्ञा गर्ने भएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको जिल्ला कोरोना संकट व्यवस्थापन समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यलय सुर्खेतका अनुसार सुर्खेतमा मात्रै ३०० बढी सक्रिय कोरोना संक्रमित रहेका छन् ।

भारतमा कोरोनाको अवस्था भयावह बनेसँगै रोजगारीका लागि भारत गएकाहरु धमाधम गाउँ फर्किन थालेपछि थप कडाइ गर्न लागिएको हो । भारतबाट फर्किनेमा अधिकांश नागरिकहरु कर्णाली प्रदेशका भएकाले जोखिम उच्च रहेको छ ।

सीमा नाकामा आवश्यक स्वस्थ्य मापदण्डबीनै नागरिकहरुलाई प्रवेश गराएको भन्दै कर्णाली बासीले चिन्त प्रकट गरेका छन् । कोरोना रोकथाम तथा चेकजाँचमा भने खासै प्रभावकारिता प्रदेश सरकारले देखाउन नसकेको गुनासो पोखेका छन् ।                          

प्रतिक्रिया

सम्बन्धित खवर

Top