ट्रेण्डिङ

होमपेज / समाज

त्रिशूली अस्पतालमा ११ स्वास्थ्यकर्मीसहित १४ कर्मचारीको माग

नेपालगाथा २०७८ बैशाख १३ गते सोमबार १२:१८:५० मा प्रकाशित

काठमाडौँ । नुवाकोटको त्रिशूली अस्पतालले कार्यालय सहयोगीसहित १४ जना कर्मचारीको माग गरेको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको निर्णय अनुसार करार सेवा अवधिका लागि ३ जना कार्यालय सहयोगी र ११ जना स्वास्थ्यकर्मीको माग गरिएको हो ।

पाँच जना मेडक अधिकृत, ५ जना स्टाफ नर्स एक जना एनेस्थेसिया र ३ जना कार्यालय सहयोगीको माग गरिएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र त्रिशूली अस्पतालको प्रशासन शाखामा दरखास्त पेस गर्न सूचनामा भनिएको छ ।

कार्यालय सहयोगीको योग्यता कक्षा ८ पास वा सो सरह उत्तीर्ण भएको हुनुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top