होमपेज / समाज
चरिकोट । दोलखाको कालिञ्चोकमा संचालित केबरकार बन्द भएको छ । आन्तरिक पर्यटकको भीडभाड बढेको भन्दै जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समितिले आइतबारबाट केबलकार बन्द गराएको हो । कोराना संक्रमण रोक्नका लागि वैशाख मसान्तसम्म केबलकार बन्द गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । ‘बाहिरबाट घुम्न आएका पर्यटकको भीडभाड बढ्यो’, प्रजिअ घिमिरेले भने ‘कोरोना रोकथामका लागि केबलकार बन्द गरेका हौं ।’
‘हिजोसम्म केबलकार चलाएका थियौं’, केबलकारका कार्यवाहक इन्चार्ज सन्देश शिवाकोटीले भने ‘प्रशासनको निर्देशनपछि आज बिहानबाट बन्द गरेका छौं, वैशाख मसान्तसम्म बन्द गर्न भनिएको छ ।’ उनले केवलकारमा भएका कर्मचारीलाई वैशाख १५ पछि घर पठाइने बताए ।