होमपेज / समाज
काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले भोलिदेखि जिल्लाभर एकसाता लकडाउन घोषणा गरेको छ ।
तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको चेन तोड्न १३ वैशाख राति १२ बजेखि २० वैशाख राति १२ बजेसम्म लागू हुने गरी बाँकेमा एक साता निधेषाज्ञा जारी गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।
“अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तीय संस्थासमेत), सवारी साधन, पसल व्यवसाय, हाटबजार सञ्चालन र अत्यावश्यक कामबाहेकको हिँडडुलमा समेत निषेध गर्ने गरी यो आदेश जारी गरिएको,”प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको आदेशमा भनिएको छ । बाँके अहिले कोरोनाको हटस्पट क्षेत्र मानिन्छ । बाँकेमा सवारीसाधन, पसल व्यवसाय, हाटबजार सञ्चालन र अत्यावश्यक काममा बाहेक बाहिर हिँडडुल गर्न प्रतिबन्ध लगाइएको विज्ञप्तिमा उल्लेख छ ।