ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालगाथा २०७८ बैशाख १२ गते आइतबार १७:०२:०२ मा प्रकाशित

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१० हजार १३२ वटा नमूनाको परीक्षण गर्दा ३ हजार १ सय २२ जनाको नतिजा पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२ जना, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना संक्रमित भएका छन्।

योसँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ३ लाख २११ पुगेको छ ।पछिल्लो चौबीस घण्टामा ४५० जना संक्रमणमुक्त भएका छन् । 

अहिले मुलुकभर सक्रिय संक्रमितको संख्या १९ हजार ९५० पुगेको छ भने हजार ६९० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

शेयर गर्नुहोस :

प्रतिक्रिया

सम्बन्धित खवर

Top