होमपेज / समाज
काठमाडौं । कोरोना भाइरसको संक्रमण देखिएपछि होम आइसोलेसन बसेका हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।
श्रेष्ठको छातीमा सामान्य समस्या देखिएपछि उनलाई शुक्रबार ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । चिकित्सकको सल्लाह बमोजिम उनको अस्पतालमै उपचार भइरहेको अस्पतालले जनाएको छ ।
श्रेष्ठले संक्रमण पुष्टि भएपछि वैशाख ६ गते फेसबुकमार्फत आफूलगायत परिवारका सदस्यहरु छोरा यमन, छोरी सराना र बुहारी रिंकु होम आइसोलेसन बसेको जनकारी गराएका थिए ।