होमपेज / समाज
काठमाडौं । विमानस्थलमा यात्रुको भीड बढेपछि सरकारले आन्तरिक हवाई उडानको संख्या कटौती गर्ने तयारी गरेको छ।आन्तरिक उडानको संख्या दिनप्रतिदिन बढेर यात्रुको भीड बढेपछि सरकारले उडान संख्या कटौती गर्ने तयारी गरेको हो।
लकडाउन खुलेपछिको सबभन्दा धेरै उडान शुक्रबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखियाे।आज शुक्रबारमात्र १२४ आन्तरिक उडानको तालिका स्वीकृत गरिएको छ।यो उडान तालिका लकडाउन खुलेपछिको सबभन्दा धेरै हो।
उडान बढ्दै गएर विमानस्थलमा थाम्नै नसकिने, कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि आवश्यक एकआपसको दूरी कायम गर्न कठिन हुने भन्दै सरकारले उडान संख्या कटौतीको तयारी गरेको हो।