होमपेज / समाज
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २४४९ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।