ट्रेण्डिङ

होमपेज / समाज

 हेटौँडामा निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न जोरविजोर प्रणाली लागू गरिने

नेपालगाथा २०७८ बैशाख १० गते शुक्रबार १५:४४:५१ मा प्रकाशित

काठमाडौं । हेटौँडामा निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न जोरविजोर प्रणाली लागू गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले हेटौँडामा कोरोना महामारी फैलिँदै गएको अवस्थामा पनि भीडभाड नघटेकाले सवारीसाधनमा जोरविजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।हेटौँडामा आइतबारदेखि जोरविजोर प्रणाली लागू हुनेछ ।

प्रशासनले कोरोना भाइरसको बढ्दो संक्रमणका कारण हेटौँडाभित्र कडाइ गर्दै लगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top