ट्रेण्डिङ

होमपेज / समाज

अछाममा कोरोना सङ्क्रमितको मृत्यु

नेपालगाथा २०७८ बैशाख ९ गते बिहीबार १४:२६:४२ मा प्रकाशित

काठमाडौँ– अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार भारतबाट रोजगारी गरी हालै घर फर्किएका ती पुरुषको जिल्ला अस्पताल मङ्गलसेनमा उपचारका क्रममा मृत्यु भएको हो ।

ज्वरो तथा रुघाखोकी लागेपछि बुधबार उनीलाई बयलपाटा अस्पतालमा भर्ना गरिएको थियो । उनीको स्वास्थ्य परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए । 

उन का अनुसार कोरोना सङ्क्रमण देखिएपछि ती पुरुषलाई जिल्ला अस्पतालका आइसोलेशनमा राखेर उपचार शुरु गरिए पनि आज बिहान उहाँको मृत्यु भएको हो । 

दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटी तथा अछाममा एक÷एक जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top