ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा एकैदिन २३५१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगाथा २०७८ बैशाख ८ गते बुधबार १९:४२:४३ मा प्रकाशित

काठमाडौैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २३५१ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्य १०५१ जना काठमाडौँ उपत्यकाका रहेका छन्। यस्तै उपत्यकामा काठमाडौँमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जना थपिएका छन् । कोभिड–१९ का कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ३ हजार ११२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ८४४ परीक्षणको पीसीआर र ८०३ जनाको एन्टिजेन परीक्षण भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top