होमपेज / समाज
काठमाडौं । सरकारले विवाह, ब्रतबन्धजस्ता चाडपर्वमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विवाह, ब्रतबन्ध जस्ता चाडपर्वमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको हो ।
अब विवाद र ब्रतबन्ध पार्टी प्यालेसमा गर्दा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको अनुमति लिनु पर्ने अनिवार्य गरिएको छ । मेला, महोत्सव, जात्रा, पर्व र मलामीमा पनि २५ जनाभन्दा बढी सहभागी हुन नपाउने मन्त्री गुरुङले बताए ।