होमपेज / समाज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको सात हजार १ पीसीआर परीक्षणमा १ हजार २ सय २७ र ५ सय ४७ वटा एन्टीजेन परिक्षणका क्रममा थप ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८५ हजार ९०० पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार २५४ जना सक्रिय संक्रमित रहेका छन् ।
आज सबैभन्दा धेरै काठमाडौंमा ५०५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै, थप ८ जनाको कोरोना कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।