होमपेज / समाज
काठमाडौं । सरकारले मास्क नलगाएकाहरुलाई सार्वजनिक कार्यालय र सवारीमा प्रवेश नदिने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने र यातायात प्रयोग गर्नेले मास्क अनिवार्य प्रयोग गर्नु पर्ने निर्णय गरिएको जानकारी दिए ।
सिट क्षमता बराबर मात्र यात्रु राख्न पाइने र कुनै यात्रु मास्क नलगाइ आएमा बढीमा १० रुपैयाँ लिएर सवारी चालक/सहचालकले मास्क उपलब्ध गराउनु पर्नेछ । मास्क नलगाउनेलाई भने सार्वजनिक सवारीमा चढ्न नदिने निर्णयमा उल्लेख छ ।मास्क प्रयोग गर्ने र स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने पनि मन्त्री गुरुङले जानकारी दिए ।