ट्रेण्डिङ

होमपेज / समाज

विमानस्थलबाट स्रोत नखुलको साढे २४ लाख रूपैयाँसहित एक पक्राउ

नेपालगाथा २०७८ बैशाख ६ गते सोमबार ०९:५९:५२ मा प्रकाशित

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट आइतबार साँझ स्रोत नखुलेको साढे २४ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । आन्तरिक उडान तर्फको हेण्ड ब्यागेज चेकिङ एरीयामा यति एयरबाट आएका मोरङका चुडामणी बस्नेतबाट विमानस्थल प्रहरीले २४ लाख ५० हजार रुपैयाँ बरामद गरेको हो ।

हेण्ड ब्याग चेक गर्ने क्रममा स्रोत नखुलेको रकम भेट्टिएपछि उक्त रकम विमानस्थल सुरक्षाको लेखा शाखामा सुरक्षित राखिएको र निज व्यक्तिलाई गौशाला वृत्तमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top