ट्रेण्डिङ

होमपेज / समाज

देशका विभिन्न भू–भागमा आज पनि हावाहुरी र मेघ गर्जनसहित चट्याङको सम्भावना

नेपालगाथा २०७८ बैशाख ४ गते शनिबार ०८:१७:१६ मा प्रकाशित

काठमाडौं । देशका विभिन्न भू–भागमा आज पनि हावाहुरी र मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको छ।

“दिउँसो १२ बजेपछि काठमाडौंसहित देशका पहाडी भू–भागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ,” मौसमविद् राजु प्रधानाङ् भन्छन्, “हिजोकै समयमा मौसममा बदली आउने छ । हावाहुरी र चट्याङको पनि सम्भावना रहेकाले यसबाट बच्न सतर्क हुनुपर्ने छ ।”

यसैगरी वर्षाका साथमा हावाहुरी पनि आउने प्रबल सम्भावना रहेकाले आवश्यक होसियारी अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आज  पनि देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना छ । आइतबार रातिदेखि मात्रै मौसम सुधार हुने मौसम महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top