ट्रेण्डिङ

होमपेज / समाज

चितवनको इच्छाकामना गाउँपालिकाकाका बिरामीलाई  निःशुल्क रगत

नेपालगाथा २०७८ बैशाख ४ गते शनिबार ०७:०७:५० मा प्रकाशित

काठमाडौँ–  चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिकाका कुनै पनि बिरामीलाई अब निःशुल्क रगत उपलब्ध गराउने भएको छ । इच्छाकामना गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी चितवनबीच गाउँपालिकाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो  । 

सोसम्बन्धी दुवै संस्थाबीच सम्झौता भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार अबदेखि इच्छाकामनाका नागरिकले  रगतका लागि कुनै पनि शुल्क तिर्नुपर्ने छैन । सम्झौताअनुसार यो सुविधा लिनको लागि इच्छाकामना गाउँपालिकाको स्थायी बासिन्दा भएको परिचयपत्र वा सिफारिसपत्रको प्रतिलिपि भने बुझाउनुपर्नेछ । यस्तै गाउँपालिकामा कार्यरत गाउँपालिकाभन्दा बाहिर स्थायी ठेगाना भएका कर्मचारीले पनि परिचयपत्र देखाएर यो सुविधा लिन पाउने छन् । सम्झौतामा उल्लेख भएअनुसार बिरामीलाई रेडक्रसले उपलब्ध गराएको निःशुल्क रगतको पैसा गाउँपालिकाले भुक्तानी गर्नेछ । योसँगै नागरिकको उपचारमा अझ सहज हुने अपेक्षा लिएको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो ।

गाउँपालिकाले सबै दुर्गमका बासिन्दालाई पनि स्वास्थ्यको पहुँचमा पु¥याएको अध्यक्ष गुरुङले बताउनुभयो । हाल  पालिकाका सबै वडामा स्वास्थ्य संस्था  स्थापना  गरी स्वास्थ्य  सेवा दिइरहेको उहाँले  बताउनुभयो ।  रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top