ट्रेण्डिङ

होमपेज / समाज

आलोपालो वा सिफ्टमा पठनपाठन सञ्चालन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकाे निर्देशन

नेपालगाथा २०७८ बैशाख ३ गते शुक्रबार १६:०२:४१ मा प्रकाशित

काठमाडौं, ३ वैशाख विद्यालयहरूलाई आलोपालो वा सिफ्टमा पठनपाठन सञ्चालन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सवजस्ता भीडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्न आग्रह गरेको छ ।

‘स्वास्थ्यको मापदण्ड मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सकिन्छ’, बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठले भने, ‘प्रभावित भएका विद्यालयमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएम)ले निर्णय गरी विद्यालय बन्द गर्न सक्ने अधिकार  छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top