ट्रेण्डिङ

होमपेज / समाज

मृत अवस्थामा फेला

नेपालगाथा २०७८ बैशाख ३ गते शुक्रबार १५:५७:११ मा प्रकाशित

काठमाडौं, ३ वैशाख काठमाडौं, तारकेश्वर नगरपालिका-६ धर्मस्थली कुशलस्थित सडक नजिक नुवाकोट लिखुँ गाउँपालिका-४ बस्ने ५२ वर्षीय माईला पुतुवार शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उनी सोही ठाउँस्थित धर्मस्थली बस्ने मंगल पुतुवारकोमा पाहुना आएको बुझिएको छ ।

ललितपुर, महालक्ष्मी नगरपालिका-८ शङ्खादेवी बस्ने ४६ वर्षीय अजय आचार्य आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । कैलाली, धनगढी उपमहानगरपालिका-३ डेरा गरी बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका- ५ घर भएका ५३ वर्षीय दयाराम राना आफ्नै डेरा कोठामा शुक्रबार मृत अवस्था फेला परेकाछन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top