होमपेज / समाज
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ४ हजार ३८४ रहेको छ ।यसैगरी २४ घण्टामा १५७ जना संक्रमित निको भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप पाँचभ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ६६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।