ट्रेण्डिङ

होमपेज / समाज

पहिलो पटक नेपालमा देखियो ‘डबल म्युटेन्ट भेरिएन्ट’ भाइरस

नेपालगाथा २०७८ बैशाख २ गते बिहीबार ०९:२७:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोना भाइरसको ‘डबल म्युटेन्ट भेरिएन्ट’ भेटिएको छ । ललितपुरबाट सङ्कलन गरिएको नमुनामा कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’ फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।

भारतमा पत्ता लागेको र भारतले भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा नगरिसकेको ‘डबल म्युटेन्ट भेरियन्ट’ ललितपुरबाट सङ्कलन गरिएको नमुनामा पुष्टि भएको बुधवार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।

डबल म्युटेन्ट भेरिएन्ट भनेको एउटै भाइरस परिवर्तन भएर दुई प्रकारको स्वरूप देखिनु पौडेलको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top