होमपेज / समाज
कास्की, १ बैशाख ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पोखरा महानगरपालिका-५ पर्स्याङ बस्ने २१ वर्षीय रोशन शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका-४ गणेशटोलमा सोमबार राति झैझगडा भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका- १५ रामबजार बस्ने स्याङ्जा अर्जुनचौपारी गाउँपालिका-२ घर भएका चुत्र बहादुर गुरुङलाई गम्भीर घाइते भएको अवस्थामा फेला पारी घटनामा संलग्न रोशनलाई पक्राउ गरेको हो । घाइते चुत्र बहादुरलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगिएको छ । साथै घटनास्थलबाट धारिलो हतियार फलामको दाउ समेत प्रहरीले बरामद गरेको छ ।