ट्रेण्डिङ

होमपेज / समाज

२४ घण्टामा ६०३ जना संक्रमित थपिए, सक्रिय संक्रमित ४ हजार माथि

नेपालगाथा २०७८ बैशाख १ गते बुधबार १६:५२:३२ मा प्रकाशित

काठमाडौं । बुधबारदेखि कोरोनाभाइरस संक्रमित संख्या ६ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वितेको २४ घण्टामा ६०३ जना संक्रमित थपिएका छन् । ५८० पीसीआर र २३ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् । सक्रिय संक्रमित संख्या ४,०५६ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्र २५४ जना संक्रमित भेटिएका छन् । बितेको २४ घण्टामा १२९ जना डिस्चार्ज भएका छन् । ८० जना आइसीयू र २५ जना भेन्टिलेटरमा छन् । देशभर ७९ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top