ट्रेण्डिङ

होमपेज / समाज

लकडाउनबाहेकका अरु विकल्प खोज्न कांग्रेसले गर्याे सरकारलाई आग्रह

नेपालगाथा २०७७ चैत्र ३१ गते मंगलबार १७:३९:४८ मा प्रकाशित

काठमाडौँ – नेपाली कांग्रेसले कोभिड–१९ रोकथाम र उपचारमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारको ध्यानाकर्षण गराएको छ ।कोरोना भाइरसको नयाँ भेरियन्टप्रति सरकार उदासिन भएका कारण फेरि संक्रमण फेलिन थालेको भन्दै नेपाली कांग्रेसले भविष्यमा आउन सक्ने भयावह स्थितिलाई गम्भीरताका साथ लिएको छ ।

समितिका संयोजक एवं कांग्रेस सह–महामन्त्री डा. प्रकाशशरण महतले जारी गरेको विज्ञप्तिमा कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि लकडाउनबाहेकका अरु विकल्प खोज्न सरकारलाई आग्रह गरिएको छ ।

स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिने घोषणा गरेर पनि सरकारले कार्यान्वयन नगर्दा स्वास्थ्यकर्मीहरुको मनोवल खस्किएको जनाउँदै स्वास्थ्यकर्मीहरुको विमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याउन कांग्रेसका सहमहामन्त्री तथा कोरोना अनुमगन समितिको संयोजक डा प्रकाशशरण महतले माग गरेका छन् ।

‘देशले फेरि लकडाउनको अवस्था धान्न सक्दैन । यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ । साथै, कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजवुत गर्न समेत माग गर्दछौँ ।’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top