होमपेज / समाज
गोरखा, ३१ चैत सहिदलखन गाउँपालिका-९ सेप्राक नाम्जुङस्थित सडकमा ग.१ त ४५८२ नम्बरको ट्याक्टरबाट खसेर सोही ठाउँ बस्ने होमनाथ ढकालको १३ वर्षीय छोरा दिवश ढकालको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।