ट्रेण्डिङ

होमपेज / समाज

४ थान भरुवा बन्दुक सहित २ जना पक्राउ

नेपालगाथा २०७७ चैत्र ३१ गते मंगलबार १७:२०:३७ मा प्रकाशित

बाजुरा, ३१ चैत खप्तड छेडेदह गाउँपालिका-३ गुदुखाती बस्ने ४५ वर्षीय बने बहादुर धामी र सोही ठाउँ बस्ने ४३ वर्षीय मान बहादुर धामीलाई ४ थान भरुवा बन्दुक सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी डोगडीबाट खटिएको प्रहरीले उनीहरुको घर तलासी गर्दा बने बहादुरको घरबाट जंगली जनावर बदेलको जस्तो देखिने खप्पर सहितको आधा टाउको र मान बहादुरको घरबाट बदेलको जस्तो देखिने मासु बरामद गरेको थियो । साथै उनीहरुले सोही ठाउँस्थित खाली गोठमा लोड गरी लुकाई राखेको बन्दुक फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top