होमपेज / समाज
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेको दरमा कोभिड–१९ को संक्रमण बढ्दै गए आगामी असारसम्म संक्रमितको संख्या ६ लाखसम्म पुग्न सक्ने बताएको छ ।
जेठ र असारसम्म कोरोना संक्रमितको संख्या उच्चतम बिन्दुमा पुग्ने सक्ने आंकलन छ । मन्त्री त्रिपाठीले भने, ‘दैनिक ११ हजार पुग्न सक्ने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण छ । तर त्यो अवस्था आउन नदिने भन्ने हो ।’
मन्त्री त्रिपाठीले भारतबाट आउने नाकाहरूमा होल्डिङ सेन्टर र क्वारेन्टिन स्थलहरू थप गर्न लागिएको पनि जानकारी दिए । यस्तै सबै अस्पताललाई तयारी अवस्थामा राख्न अहिले उपकरण र सुरक्षा सामग्रीको रेकर्ड संकलन गर्ने काम भइरहेको पनि उनले बताए ।
मन्त्री त्रिपाठीले १८ वर्षभन्दा माथिकालाई अहिलेसम्म खोप नहुँदा डरलाग्दो अवस्था रहेकाले भयावह अवस्था नदिन पूर्वतयारीमा ध्यान दिइरहेको बताए । त्रिपाठीले मुख्य नाकामा १ हजार जनासम्म बस्ने होल्डिङ सेन्टर हामीले निर्माण गर्ने काम अघि बढिसकेको जनाए ।