ट्रेण्डिङ

होमपेज / समाज

अनलाइन कक्षामार्फत पठनपाठन सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे आग्रह

नेपालगाथा २०७७ चैत्र ३१ गते मंगलबार १४:५२:४५ मा प्रकाशित

काठमाडौँ-  काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका शिक्षण संस्थाहरु एक महिना बन्द गरेर अनलाइन कक्षामार्फत पठनपाठन सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारलाई सिफारिस गरेको छ।

 स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणको जालो भत्काउन कम्तीमा पनि एक महिना विद्यालय बन्द गरेर अनलाइन पठन पाठनको व्यवस्था मिलाउन सरकारलाई प्रस्ताव गरेको जानकारी दिए।

अहिले कोरोना संक्रमित हुनेमध्ये सबैभन्दा धेरै विद्यार्थी र शिक्षकहरु रहेको मन्त्रालयको विश्लेषण छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top